कास्की जिल्लाको पुर्वोत्तर पर्ने सिक्लेस गाउँमा कोदो रोप्दै गर्दा खेतमै जन्मेका तीर्थ गुरुङका घरमा साक्षर भनेका उनका बाबा मात्र थिए जसले भारतीय सेनामा गएर रोमन लेख्न र पढ्न सिकेका थिए । घरमा पुस्तक त थिएनन् नै, विद्यालयमा पनि उनका गैर गुरुङ शिक्षकहरू समेत गुरुङ भाषालाई माध्यम बनाएर पढाउँथे । चार कक्षा पुग्दा नपुग्दै उनलाई आफ्ना ठूलोबा र ठूलीआमाले उत्तरपुर्वी भारतमा लिएर गए जहाँ एकैपटक उसको जम्काभेट नेपाली, हिन्दी र अँग्रजीसँग भयो । करीब दुई वर्षको बसाइँले उसलाई हिन्दी फिल्मको लती बनाएर छोडिदियो र त्यहाँ रिक्रुटहरूले गर्ने कष्टप्रद तालिम र उनीहरूप्रति गरिने निर्दयी व्यवहारले आफ्नो पुख्र्यौली पेशा प्रति सधैंका लागि विकर्षित पनि। पोखरा कुँडहर स्थित तत्कालीन भद्रकाली प्रस्तावित माविबाट एसएलसी दिएपछि ‘बाहिरी पुस्तक’ पढ्न थालेका गुरुङले पृथ्वी नारायण क्याम्पसमा आइएस्सी बडो मुस्किलले पास गरे । कक्षा हाप्दै पुस्तकालय छिरेर साहित्य पढ्नु पर्ने तीर्थका साथी थिए कवि तथा निवन्धकार भुपीन । अँग्रजी साहित्य लिएर स्नातक भर्ना हुने इच्छा भएपनि उनी विज्ञान संकायमै भर्ना भए । त्यो भन्दा अघि नै बोर्डिङमा पढाउन थालिसकेका उनको जीवनको तराजु सन्तुलित भएन, औपचारिक अध्ययन बीचमै छोडे । केही द्रव्य कमाउन कतार पुगे जहाँबाट फर्कँदा मृगौलको रोग पनि बोकेर आएको उनले थाहा नै पाएनन् । प्रत्यारोपण गरेर आराम गरिरहेको बेला उनले आफ्नो लेखक बन्ने पुरानो सपना सार्थक बनाए र पाठशाला जन्मियो ।
बाको एउटा मृगौला लिएर बाँचिरहनु भएको छ । बालाई मृगौला प्रत्यारोपण अघि र पछि हेर्ने र महशुस गर्ने तरिकामा भिन्नता छ कि छैन ? बा र तपाइँको हेल्थमा केही असन्तुलत त देखिएको छैन नी ?
म यति खत्तम छोरा हुँ, म बालाई सम्बोधन नगरीकन बोल्थें । नातेदारहरू बाप्रतिको मेरो रवैया देखेर छक्क पर्थे । अनि जब मृत्युसँगको मेरो करीब करीब पराजय हात लाग्ने मल्लयुद्धमा बा अघि सर्नु भयो म त्यसै जोसिएँ । मलाई अहिले बालाई सम्बोधन गर्न पहिलाको जस्तो अप्ठेरो लाग्दैन । बाप्रतिको माया पहिलाको जस्तै छ । कुनै तात्विक भिन्नता
छैन । मैले गर्ने बाको चिन्ता भन्दा बाले गर्ने मेरो चिन्ता गहिरो छ । हामी करीब करीब सामान्य जीवन बाँचिरहेका छौं ।
पाठशाला को प्रेरणा के हो ?
बोर्डिङहरूमा हुने बेथिति देखेर केही लेख्न त पहिला नै लागेको हो । मेरो एकजना विद्यार्थी, जो डब्बुको शैलीमा गफ गथ्र्यो, को किशोरवय समाप्त नहुँदै मृत्यु भएपछि पाठशाला सुरु गरेको
थिएँ । तर कारणवश त्यो अगाडि बढ्न सकेन । बिचमा म बिमार परें र मलाई उद्वार गर्न आफन्त मात्र नभै कवि लेखकहरू पनि अगाडि सरे । नढाँटीकन भन्ने हो भने कवि लेखक साथीहरूको त्यो नैतिक र आर्थिक सहयोगले नै केही लेख्नुपर्छ भन्ने मनोवैज्ञानिक दबाव परिरह्यो र पाठशाला ब्युँतियो ।
तपाइँ निकै अध्ययनशिल लेखक हो । लगनशिलता र प्रतिभा मात्र प्रयाप्त छन् नेपाली साहित्य बजारमा माथि उठ्न? अरु कम्पोनेन्टस् के के हुन् जस्तो लाग्छ ?
म आफूलाई त्यस्तो मान्दिनँ । तपाइँ कहिलेकाहीँ जङ्गल हिँड्नुहुन्छ तर दाउरा देख्नुहुन्न । लगनशिलता र प्रतिभा चाहिने नै भए । हामी कहाँ लेखकको कुनै जोखिम लिन सक्ने प्रकाशक र तत्कालको लागि हल्ला गरिदने मूलधारका पत्रकार साथीहरू हुनु जरुरी छ । सच्चा र निष्पक्ष समीक्षक पनि हामीलाई आवश्यक छ । यी त प्रारम्भिक कुरा हुन् । लेख्नुपर्छ र गतिलो लेखियो भने एक न एक दिन त्यो पढिनेछ ।
पाठशाला वर पर निस्किएका पुस्तकहरु मध्ये तपाइँलाई मन पर्ने तीन पुस्तक कुन् कुन् हुन् ?
यो त मलाई पासोमा पार्ने प्रश्न भयो होला । भन्नै परेपछि भुइयाँ, दोचा र नथिया पढेर मजा लिएँ भन्नुस् । यति भने बापत कसैले सजा नदेओस् ।
लेख्ने बाहेक अरु के गर्नु हुन्छ आजकल? पहिले पढाउनु हुन्थ्यो शायद ?
अहिले म विद्यालयको पुस्तकालयमा कार्यरत छु । केटाकेटीलाई अध्ययन संस्कृतितिर तान्ने सिसिफियन काम गरिरहेको छु ।
पढ्न मन लाग्ने पुस्तक के को आधारमा छान्नु हुन्छ ?
बाहिरका पुस्तकहरू आइपुग्दा ढिलो भैसकेको हुन्छ । त्यतिन्जेल पुस्तकको बारेमा धेरथोर थाहा भैसेकेको हुन्छ जसको आधारमा पुस्तक छान्न सजिलो हुन्छ । नेपाली पुस्तक चाहिँ समीक्षा र साथीभाइको सिफारिसमा पढ्छु ।
पाठशालाबाट :
तर फुटबलले पेटमा बजारेपछि अर्को प्रेमकथा सुरू भयो । पुनम मेरी प्रेमिका बन्न पुगिन् । डब्बु डब्बु भनेर कराइ राखेको बेलामा म आकर्षित भएको थिएँ र फिल्मतिर हिरोइनको हुटिङले हिरो जोसिएको जस्तो नभई उल्टो असर परेको थियो । पछि म त्यो भुईमै लम्पसार परिरहेको र लिम्बु सरले आत्तिदै मलाई सजिलो पार्न खोज्दा तिनै पुनमले ‘बिचरा’ भनिन् । भैहाल्यो–लभ पर्न त्यति काफी थियो । अब म फलामको टुक्रा थिएँ र पुनम कुनै चुम्बक । लिम्बुसरले त्यस्तो नगर्न भनेपनि डे ड्रिमिङ गर्न लागें । बाआमाले सकी नसकी रिन गरेर होस्टेल राखेर पढाएको केटा अर्कै दुनियाँमा पुगिसकेको थियो । दश देखि चार बजेसम्म त केटा र केटीहरू छुट्टाछुट्टै बस्थे । बिहान र बेलुका पढ्ने बेलामा मैले पुनमको छेउमा बस्ने आँट गरेँ । खाने बेलामा नजिक गएर बस्न थालें । त्यति मात्र हैन एकचोटि त पुनमको प्लेटबाट उनले मन नपर्ने जुठो साग नै झिकेर खाइदिएँ । जुठो खाएमा मायापिरती बढ्छ भन्ने कुरा झुटो होइन रहेछ जस्तो लाग्यो । अर्को शनिबार हाम्रो भिडियो हेर्न पालो भएपनि मैले हेरिनँ । केटीहरूसंग खेल्न थालें, पुनमसँग खेल्न पाइएला भनेर नि । नभन्दै पुनमसंग व्याटिमिन्टन खेलें । मलाई लाग्यो त्यो खेल चलिराखोस्, चलिराखोस् । किनभने पुनमले मलाई हराउन खोजिरहेकी थिइनन् र म पनि सकेसम्म उनको सटलमै पर्ने गरेर कक फाल्थें । त्यो खेल लम्बियो । कक खसेन, हात थाकेन, खुट्टाहरू थाकेनन् । केही अप्सराहरू रिसाए, अर्को खेल खेल्न गए । टि।टि, भलिबल, बास्केटबल, सबै उपलब्ध भैरहेको बेलामा ब्याटमिन्टन मात्रले के छेकोस् । हाम्रो खेल जारी रह्यो । एक अर्काको विरोधमा हैन, एकअर्काको लागि । प्लेटो कि कुन चाहिँ महापुरूषले भनेको थिए रे कुनै मान्छेलाई चिन्नु छ भने उसंग खेल्नू । मैले, पुनमलाई चिनिसकेको थिएँ । बाह्र घण्टा पछि पापी हावाले ककलाई अर्कैतिर उडायो र हाम्रो खेल सिद्धियो । मलाई पक्का भैसकेको थियो उनले पनि मलाई प्रेम गर्न थाली सकिन् । किनभने मुखले नभनेपनि उनको आँखाले मलाई बताइसकेको थियो । बेलुकी चिया पाउरोटी खाने बेलामा नजिक जाँदा बल्ल मेरो प्रेम हावा फुस्केको बलुन जस्तो भयो । उनी मुड अफ भएर अन्तै गइन् । त्यो मलाई तड्पाउन गरिएको नाटक थिएन । मलाई हेबी झ्याउ लागेर आयो । पछि पदमले मलाई एक्लै हुनेबेलामा भन्यो, ‘ए डब्बु, त्यो कैले प्रिन्स तँसंग रिसाएको छ यार, आफ्नो क्लासमेट नभएको भए प्रिन्सले तँलाई भ्यागुता पछारे जस्तो पछारिदिन्थ्यो रे । तेरो सास गन्हाएर पुनमलाई वाकवाक लागेपछि ब्रोलाई टेन्सन भएछ ।’ अचम्म मानेर मैले सोधें, ‘अनि पुनमको कुरामा किन उसलाई वास्ता याररु’ पदमले जवाफ दियो, ‘साले त्यही कैले र पुनम मैचाको चलिराखेको तँलाई थाहा छैन र रु’ झसङ्ग भएँ, छानाबाट खसेको जस्तो, जमीन भासिएको जस्तो इत्यादि भनिन्छ नि, त्यस्तै भएको होला।।।ह्युमिलिएसनले गर्दा हेबी बोर लागेर आयो । मैले माया गर्न थालेको केटी त केटी नभै अप्सरा पो रहिछे । एउटै क्लास पढेपनि बल्ल थाहा पाए“— पुनमको सपनाको राजकुमार त हाम्रै राजकुमार प्रिन्स पो रहेछ । त्यो कहिल्यै ननुहाउने प्रिन्स चाहिँ बसाउने, म गन्हाउने रु बुझी नसक्नु छ, मैले केटीहरूलाई बुझिनँ, मैले च्वाँकहरूलाई कहिल्यै बुभिनँ ।
तपाइँलाई लाग्न सक्छ– केटा त खत्तम नै रहेछ, सबै केटीहरूमा गर्लफ्रेण्ड खोज्दो रहेछ । तर म तपाइँले सोचेजस्तो त्यति खत्तम चाहिँ छैन । कसैलाई म बहिनीलाई जस्तो माया गर्छु । विश्व सुन्दरी र बलिवुड नायिका ऐश्वर्य रायलाई त म दिदी नै मान्छु, पत्याउनुस् न । गुरूको शब्दमा भन्ने हो भने कक्षाका बोक्सीहरूमा प्रतिभा र चाँदनी बाहेक सबैलाई मैले मन पराएँ । प्रतिभाको बारेमा तपाइँलाई राम्ररी थाहा छ । मेरो टाइपको होइन त्यो केटी । चाँदनीलाई मैले बहिनीको रूपमा हेरें । हुन त दिदी पो हो कि मलाई थाहा, छैन । चाँदनीको कुरा, उसको ममी श्रीदेवीको डाइहार्ड प्mयान रे । चाँदनी भन्ने फिल्म चलिराखेको बेलातिर पाएकी रे चाँदनीलाई उसको ममीले । अनि त छोरीको नाम नै चाँदनी हुनपुग्यो । कक्षामा यस्ता कुराहरू दिनमा बाह्र हजार पटक चल्थे । चाँदनी फिल्मकी हिरोइन सौता बनेर आइन् भने पनि चाँदनी सिस्टरको ममीलाई कुनै टेन्सन हुने थिएन रे । कक्षामा अरू अप्सराहरू जस्तो नखरमाउली थिइनन्, कानकानसम्म मुख च्यातेर हाँस्ने पनि थिइनन् । उनी डिसेण्ट केटी थिइन् । कसैसंग झगडा नगरीकन एस।एल।सी। दिइन् । उनी प्रति म भित्र त्यस्तो फिलिङ आएन जुन अरूहरूप्रति आउँथ्यो । सानैदेखि म के देख्थें भने चाँदनीको टिफिन पनि मेरो जस्तै स्टिलको सानो भाँडा हुन्थ्यो र त्यसमा भुटेको भात हुन्थ्यो । अरूहरूका फ्राइड राइस हुन्थे । अब फ्राइड राइस र भुटेको भातमा फरक हुन्छ, हैन र रु अरूका टिफिनमा कुकिज, चाउचाउमा के के ड्राइ फ्रुट्सहरू हालेका हुन्थे र भेराइटी हुन्थ्यो । मेरो एकनासको हुन्थ्यो, सादा आरएआरए रारा, मिठो भन्छन् सारा ।
सानोमा भन्नाले त्यही तीनमा पढ्ने बेलामा हाम्रो क्लास टिचर थियो मोती प्रसाद सर । त्यो सर जस्तो टिपटप र हिरो सर मैले अहिलेसम्म कसैलाई देख्या छैन । त्यो सरको एउटा बानी थियो— टिफिनको बेलामा क्लासमा आउने र हाँस्दै टिफिनको लागि हात थाप्ने । हामी सरलाई आफ्नोे खाजा दिन तँछाड मछाड गथ्र्यौं । तर मेरो र चाँदनीको खाजा खानलाई भने सरलाई रूचि हुन्थेन । मन राखिदिन जस्तो मात्र गरेर चाख्थ्यो । घिनाएको जस्तो गथ्र्यो । खाएपनि नाम मात्रको । मीठो खाना जस्तै आलुदम, पकौडा, मासु, आदिमा सरको रूचि हुन्थ्यो । मोती सरले हामीलाई ब्रोसिस भनेर पनि बोलाउँथ्यो ।
त्यो सरको बारेमा अलिकति कुरा खोलुँ जस्तो लाग्यो । मैले अघि नै भनिसकें, टिपटप र हिरो हो । सर आउने बित्तिकै आफ्नो चेयरमा औंलाले छोएर हेथ्र्यो र धूलो भेट्टाए बस्दैनथ्यो, त्यो चेयरको धूलो आफ्नै रूमालले सफा गर्न पाइयो भने हामी हेब्बी रमाउँथ्यौं । त्यस्तो हेबी ड्रेसअप गरेर आउँथ्यो र गफ पनि दिन्थ्यो, ‘मलाई फिल्ममा अफर आएको छ, प्रोड्युसरले दिएको लुगा हो यो ।’ अब हामी जस्ता फुच्चेहरूले नपत्याए कसले पत्याउने, हैनरु हामीलाई कहिल्यै नपिट्ने त्यो सरले गाली गरेन र थर्काएन पनि । सबैलाई थाहा भएको कुरा, सरको जिब्रो लामो थियो । त्यो बडेमानको जिब्रो निकालेर नाकको टुप्पो छुन्थ्यो र कुन चाहिं फिल्ममा बिग बिले जस्तो टाउकोमा प्याट्ट हानेर त्यो जिब्रो निकाल्थ्यो, दाहिने गाला तानेर त्यतैतिर जिब्रो लैजान्थ्यो, देब्रे गाला चिमोटेर देब्रेतिर बटाथ्र्यो र रूद्रघण्टी तान्दा जिब्रो मुखभित्र सुलुत्त जान्थ्यो । हामी खुशी हुन्थ्यौं । मुखभित्र जिब्रो चलाएर मादल, ढोलक।।।के के के आवाज निकाल्न सक्थ्यो । पूरा अभिनय गर्दै कथा सुनाउँथ्यो । भनिन्छ नि मन्त्रमुग्ध, हो मन्त्रमुग्ध नै पाथ्र्यो । सोसल र जिके पढाउँथ्यो र त्यही सरको पिरियडमा मात्र ढुक्कले बसिन्थ्यो । न गाली न पिटाई । अलि हल्ला भयो भने रिसाएको जस्तो अनुहार पाथ्र्यो र हामी पनि डराएको अभिनय गरिदिन्थ्यौं ।
Comments
You may like this