घामलाई पनि साँझ पख घर फर्किनु पर्ने भयो
उज्यालो किन्न नसक्नेले, बिहानसम्म पर्खिनु पर्ने भयो
मन नमिलाइकन शरीर मिलाएछौ तिमीहरूले
हेर त नानीहरू छुट्टाछुट्टै हुर्किनु पर्ने भयो
माया लिएकाहरुले कहिल्यै चोट दिने छैनन्
अब यो भ्रम बाट म पनि ब्युँझिनु पर्ने भयो
नजिकको हुन टाढा बस्नुपर्छ भन्ने थाहा पाए पछि
केही प्रिय आफन्तहरूसँग टाढिनु पर्ने भयो ।
श्रीमती फर्किन्न भन्छिन्, बा आमाले फर्क भन्नुहुन्छ
म एउटा, आधा सिड्नी, आधा पोखरा, बाँडिनु पर्ने भयो ।
Comments
You may like this