गजल

रिस उठ्छ, र तिमीलाई, बिर्सिनलाई पिउँछु
माया जाग्छ, अनि फेरि, सम्झिनलाई पिउँछु

जब मन् पराउँदिन, भीड मान्छेहरूको
म यो रित्तो, सडकसँगै, एक्लिनलाई पिउँछु

म पनि त मान्छे न हुँ, एउटा जवान मान्छे
जोशमा आउँछु, जानीजानी, मात्तिनलाई पिउँछु

तिम्रो घरको, आगनमा टेक्न, मलाई निषेध छ
बाटो त्यतै, मोडिन खोज्छ, तर्किनलाई पिउँछु

'निष्प्रभ सजी'को चुस्की, पर्खेर बसेका छन् कति
जमघट्मा, प्रिय साथीको मन्, राख्दिनलाई पिउँछु !

 

Comments

You may like this