नामको नागबेली बाटो

घर, समाज र देश बाट गुमनाम आफ्नो सानो परिवारसँग परदेशमा जीवन यापन गरिरहेका बेला प्रिय साथी बिमल आचार्य ले मेरो नामसँग जोडिएको घाऊ कोट्याउनुस् न भनेर आग्रह गर्नु भयो । जबकी उहाँ आफैंले आफ्नो नाम पछाडि भएको आरोही को आरोहण लाई बीच बाटोमै रोकेर बस्नु भएको छ । अब ढिला नगरिकन नामकै पछाडि लागौं । मैले कुन नक्षत्रको कुन पाउमा यो संसारमा टेकेँ भन्ने कुरा चिनामा लेखिएको होला। मलाई मिति थाहा छ। राशिको नाम थाह ... Read More

एउटा प्रश्न

अभी र म यसकारण पनि मिल्ने साथी थियौँ कि उसको र मेरो मामाघर एकै ठाउँमा थियो । पुरुन्चौर । अझ अचम्मको कुरा के थियो भने, हाम्रो थर र अभीको मामाहरूको थर एउटै थियो । पौडेल । अनि उसको थर र मेरो मामाघरको थर एउटै थियो । अधिकारी । हेमजा र पुरुन्चौरकोबीचमा बग्ने सेती गण्डकीको भने कुनै थर थिएन । हरेक चोटि मामाघर जाँदा र आउँदा सेती गण्डकीलाई देख्दा मलाई लाग्थ्यो कि सेती गण्डकी बुढी भएर होला सेतै भएर बगेकी । ... Read More

सर्प नभएको कथा

 कार्लीले उसकी छोरीले घरमा सर्प लिएर आएको कुरा गरि । त्यो पनि पाइथन । पेट एनिमलको रुपमा । कार्लीले पाइथनलाई पाहुना बनाउन सकेको कुरै सुन्दा पेट बटारियो । कार्ली प्रति माया लागेर आयो । संसारकी साहसी छोरीकी महान आमा । यो मेरो कमजोरी हो कि मेरो सर्पप्रतिको धारणानै बिशाक्त छ । सर्पको विष जत्तिकै विशाक्त । अब तपाईंहरूले भन्नुहोला मैले सर्पलाई गर्ने यति विघ्न घृणाको कारण त पक्कै होला । छैन । कत्ति प ... Read More

चीज बर्गर

आमाको कोख भित्र त म मांशहारी थिएँ । आमाका कोषहरूमा संचित शक्तिकै कारण संभव भएको थियो मेरो संरचना । म जन्मिएको केही महिनामै हजुरबुवा वित्नु भएछ । हजुरबुवा बितेपछि एकजना बैष्णव महाराजजीले सम्पूर्ण परिवारमाथि बैष्णव मन्त्र छर्किदिनुभएछ । त्यसपछि शुरुभएको हो हाम्रो परिवारको शाकाहारी यात्रा । हजुरबुवाले मेरो सम्झना थोरै भएपनि लिएर जानुभयो । मैले लिन पाइन । सम्झिन सक्ने भएको भएपनि जन्मिएपछिको एक दुई महि ... Read More