गजल

घामलाई पनि साँझ पख घर फर्किनु पर्ने भयोउज्यालो किन्न नसक्नेले, बिहानसम्म पर्खिनु पर्ने भयो मन नमिलाइकन शरीर मिलाएछौ तिमीहरूलेहेर त नानीहरू छुट्टाछुट्टै हुर्किनु पर्ने भयो माया लिएकाहरुले कहिल्यै चोट दिने छैनन्अब यो भ्रम बाट म पनि ब्युँझिनु पर्ने भयो नजिकको हुन टाढा बस्नुपर्छ भन्ने थाहा पाए पछिकेही प्रिय आफन्तहरूसँग टाढिनु पर्ने भयो । श्रीमती फर्किन्न भन्छिन्, बा आमाले फर्क भन्नुहुन्छम एउटा, आधा सि ... Read More

गजल

रिस उठ्छ, र तिमीलाई, बिर्सिनलाई पिउँछु माया जाग्छ, अनि फेरि, सम्झिनलाई पिउँछु जब मन् पराउँदिन, भीड मान्छेहरूको म यो रित्तो, सडकसँगै, एक्लिनलाई पिउँछु म पनि त मान्छे न हुँ, एउटा जवान मान्छेजोशमा आउँछु, जानीजानी, मात्तिनलाई पिउँछु तिम्रो घरको, आगनमा टेक्न, मलाई निषेध छबाटो त्यतै, मोडिन खोज्छ, तर्किनलाई पिउँछु 'निष्प्रभ सजी'को चुस्की, पर्खेर बसेका छन् कति जमघट्मा, प्रिय साथीको मन्, राख्दिनलाई पिउँछु ... Read More

गजल

म उस्तै छु ! पोहोर जस्तै, म उस्तै छु ! परार जस्तै हाट सकिएपछिको त्यो, रित्तो— रित्तो बजार जस्तै बाँझो फोरौंला फेरि सँगै, बाली रौपौँला फेरि सँगैहर-साल सपना देखाउने, त्यो बैगुनी असार जस्तै जति बिसाउँदा पनि किन, रोकिन मान्दैन समय पानी पर्ने बेलाको त्यो, बिस्कुन् उठाउने हतार जस्तै जहाँ बगेपनि पसिना, दुर्भाग्य मेरै देशको न हो !सक्नेलाई जापान् नसक्नेलाई, तेही अरब—कतार जस्तै म उस्तै छु ! ... Read More