साँझपख (गीत)

साँझपख भेट्छु भन्यौ रमाउँदै रमाउँदै आएँ डुब्न लागेको घामको हात समाउँदै समाउँदै आएँ आएपछि पो थाहा पाएँतिमीले बोलाउनुको कारणतिमीले शायद पहिलो पटकआँखा नजुधाउनुको कारण   अँध्यारोमा छुट्टियौं हामी उज्यालोले देख्नु परेन हामी छुट्टिनुको कारण कसैले लेख्नु परेन   साँझपख भेट्छु भन्यौ रमाउँदै रमाउँदै आएँ डुब्न लागेको घामको हात समाउँदै समाउँदै आएँ   ... Read More

केही नभनिकनै केही भन्न मिल्छ कि मिल्दैन

केही नभनिकनै केही भन्न मिल्छ कि मिल्दैन तिम्रो नबनिकनै तिम्रो बन्न मिल्छ कि मिल्दैन जून आउँछ हराउँछ, रातलाई चिन्न नपाउँदै खस्छ बिहानी पखको शीत, पातलाई चिन्न नपाउँदै नचिनिकनै तिमीलाई चिन्न मिल्छ कि मिल्दैन सँगै नहिँडीकनै सँगै हिँड्न मिल्छ कि मिल्दैन बाटोले बटुवालाई आफ्नो, बनाउन सकेन किन ? नदीले बगरलाई सँगै, बगाउन सकेन किन ? कतै नबगीकनै सँगै बग्न मिल्छ कि मिल्दैन आफ्नो नबनिकनै आफ्नो बन्न मिल्छ कि मि ... Read More

जिन्दगीको पर्खाल

जिन्दगीको पर्खाल अग्लो, तर छेकिन्न मेरो बाटो मै पन्छाउँला तुवाँलोलाई, जब देखिन्न मेरो बाटो ! कालो बादल गर्जिनेछ, तर तर्सिने छैन म कमजोर भई आँखाबाट झन् बर्सिने छैन म बिझे काँडा मै उखेलुँला, तर रोकिन्न मेरो बाटो मै पन्छाउँला तुवाँलोलाई, जब देखिन्न मेरो बाटो ! लाग्ला ठेस हिँड्दा हिँड्दै पुरानो घाउ माथि मेरो घाउ निको पार्ने मै बन्छु मेरै साथी भत्किए मन् मै सम्याउँला, तर भत्किन्न मेरो बाटो मै पन्छाउँला ... Read More

तिमी जाँदा

तिमी जाँदा खै किन, मुटु कमजोर बन्दै थियो !जान्छु भन्यौ, जान दिएँ, मनले नजाउ भन्दै थियो जानेबेला लाग्यो अलिकति माया देखाउँ झैँ जाुनु अघि त्यो आँखामा मेरै माया लेखाउँ झैँ तल बाटो सम्म सँगै जाउँ भने पनि हुन्थ्यो ओठै बन्दभएपछि मनको कुरा कसले सुन्थ्यो ? तिमी बाटो पारी पुग्दा मन भारी भयो मेरो लाग्यो खुशी पनि तिमी सँगै पारी गयो मेरो कहिले भेट हुन्छ फेरी थाहै नदिइ गयौ तिमी दिन्छु भन्दा पनि माया किन नलिइ ग ... Read More