तिमी जाँदा

तिमी जाँदा खै किन, मुटु कमजोर बन्दै थियो !
जान्छु भन्यौ, जान दिएँ, मनले नजाउ भन्दै थियो

जानेबेला लाग्यो अलिकति माया देखाउँ झैँ
जाुनु अघि त्यो आँखामा मेरै माया लेखाउँ झैँ
तल बाटो सम्म सँगै जाउँ भने पनि हुन्थ्यो
ओठै बन्दभएपछि मनको कुरा कसले सुन्थ्यो ?

तिमी बाटो पारी पुग्दा मन भारी भयो मेरो
लाग्यो खुशी पनि तिमी सँगै पारी गयो मेरो
कहिले भेट हुन्छ फेरी थाहै नदिइ गयौ तिमी
दिन्छु भन्दा पनि माया किन नलिइ गयौ तिमी

तिमी जाँदा खै किन, मुटु कमजोर बन्दै थियो !
जान्छु भन्यौ, जान दिएँ, मनले नजाउ भन्दै थियो

 

 

Comments

You may like this