The Wind is Howling

Dear Chhoree, When I was a little boy I, too, asked the same question to your grandmother Why the wind was howling As if the wind had gathered the group of wolfs from Paaree Paakhaa And had crossed Dhayaangre Kholaa Paddy Field The Baglung Highway To dance around our house!   Unlike the house, we are living The house I lived in Used to invite the wind into the house Through uncovered windows ... Read More

छोरी र उत्तर

छोरी नबिर्सनु है तिमी कहिलेकाहीँ प्रश्न मात्र होइन उत्तर पनि बन्न सक्नु पर्छ । छोरी कसैले तिमीलाई तिम्रो शरीरको दाग मन परेन भन्यो भने, भन्नु त्यो दाग तिम्रो आफ्नो हो र, तिमीलाई सर्वप्रिय छ । जसरी अँध्यारोलाई घाम र घामलाई अँध्यारो सर्वप्रिय छ । छोरी कसैले तिमीलाई भनिदियो भने, कि तिम्रो ओठमा सुहाउँछ लाली, सोध्नु कि तिनीहरूले कहिल्यै लगाएका छन् तिनीहरूको ओठमा लाली? छोरी कसैले तिमीलाई भ्निदियो भने, क ... Read More

इगो

घरबेटिलाई अलिकति भाडा घटाइदेऊ भनेर बिनम्र अनुरोध गर्दा तिर्न नसके निक्ले हुन्च, कोठा खोज्नेको लाइन छ भन्ने ओठे जवाफ आयो । जवाफले नराम्रोसँग इगो हर्ट भयो । जाबो कोठा त हो भनेर छोड्देँ । जति छुचो भएपनि घरबेटिको छोराले ‘सेक्रेट ब्रो’ भनेर वाइफाइको पासवर्डसम्म त दिएथ्यो, जि.एफ.सँगफेसटाइम गर्न सम्म त भएथ्यो, त्यो पनि छुट्यो । एक दिन, पैसा जोगाइ जोगाइ डाटा हालेँ । यतिका दिनसम्म कहाँ गको भनेर ... Read More

छोरी र प्रश्न 

छोरीहरूतिमीहरूलाई परी भनीने छतिमीहरूले सोध्नुके हो परी हुनु को परिभाषा?सोध्नु को हुन् परी र को होइनन् ?छोरीहरू तिमीहरूलाईसुन्दरी भनिने छ,तिमीहरूले सोध्नुकसरी गरिन्छ सुन्दरताको मापन?को हुन् सुन्दर र को होइनन् ?छोरी तिमीहरूलाईतिमीहरू त छोरी पो हौ भनेर भनिनेछतिमीहरूले सोध्नुशारिरिक भिन्नता बाहेकछोरी हुनुको पृथकता के हो?सोध्नु, किन हर निमेष सम्झाइन्छ छोरीहरूलाईकि उनीहरू छोरी हुन् ?मलाई त यो पनि थाहा छ ... Read More

म त माछापुच्छ्रेको हिउँ थिएँ

म त माछापुच्छ्रेको हिउँ थिएँ पग्लिनु धर्म हो झैं लाग्यो पग्लिएँ बग्नु धर्म हो झैं लाग्यो बगेँ थाहै नपाई समुन्द्रमा मिसिएँ   थाहा थिएन समुन्द्रको गहिराइले माछापुच्छ्रेको उचाइलाई पनि डुबाउँदो रहेछ म सालौं देखि पिँधमै डुबिरहेको छु तैरिन खोजिरहेको छु   तैरिएपछि बाफ बनेरे उडौंला एक दिन समाउँला बादलको औंला र, झुण्डिँदै झुण्डिँदै पुगौंला मेरै घरमाथिको आकाशमा र, नठोक्किँदै फेरि माछापुच्छ्र ... Read More

किनकि !

किनकि,त्यसपछि बल्लघर फर्किंदामलाई कोही पर्खिरहेछ झैं लाग्न थाल्यो !कोहीम ढोकामा उभिँदाखुशी हुन्छ झैं लाग्न थाल्यो ! मायासद्भावसहयोगसबै लिएर पनि केही दिन नसक्नेको भीडमाकोही बल्लमायाको स्पर्श सहितलडिबुडी खेल्न खोजीरहेछ झैं लाग्न थाल्यो ! मलाईमेरो पनिकोही आफ्नो छ झैं लाग्न थाल्यो, विन्टरको यो चिसो साँझमायतिका दिनपछिबल्ल भेटिँदा पनितिमीसँग मलाई सोध्नका लागिके, यहि मात्रै प्रश्न थियो?कि, मैले कुकुर किन ... Read More

The Last Morning of this Autumn

As the lawn looked as shaggy as my untrimmed beardI stepped out to the garden to mow the lawnInstead, started musing at the Autumn leaves Dear Autumn leaves,I know it is known to youthat your Autumn will shake its'hands with Winter tonightI bow my headTo your forbearanceTo your gracefulnessTo your spiritAs I would to the fearless, brave and proud shoulder in the battlefieldWho is about to die with ... Read More

  'म'       मगाउँमा बाटो पुगेपछिगाउँले नै बिर्सिएकोमसिनो गोरेटो हुँहल्लिन छोडेको पुरानो झोलुंगे पुल हुँ ।   महिजो हुँजसलाई आजले बिर्सियोर भोलीले झनै बिर्सिने छ । महिजोको अखबार हुँजसलाई अब पढिने छैन म मात्रै कति, मेरो बारेमा भनिरहुँअब तिमी भनन, तिमी को हौ ?     फेरि 'म' मलाई सत्य मात्र ठानिदियौ भनेमभित्रको असत्य मुस्कुराउने छ । मलाई असत्य मात्र ठानिदियौ भनेमभित्रक ... Read More

आमा र प्रश्नहरू

आमा,जसरी हजुरले घुर्की लगाउनु हुन्छ मसँगमैले हजुरसँग त्यसरी नै घुर्की लगाउन सक्छु कि सक्दिन?सक्छु कि सक्दिन मैले हजुरलाई भन्नआमा, मलाई पनि दुख्यो हजुरको वचनले !मेरा प्रश्नहरू अनुत्तरित छन्तर,हजुरको उत्तर सधैं किन यही हुन्छ?कि, मैले जन्माएकीं हुँ तँलाई !म हजुरको गर्भबाट निस्किएको दिन मात्रैजन्मिनुभएको हो हजुर, आमा भएर !जन्मिनु भएको हो बा, बा भएर !हजुर जस्तै म पनि हजुरको जन्मदाता हो आमा !मैले यसो भन ... Read More

बाटो, बटुवा र सत्ता

प्रिय बाटो तिम्रै बाटो हुँदै हिँडेका छन् केही कामदारहरू सत्ताले सत्तामा पुर्‍याइदिने नागरिकको आवश्यकता चिन्‍न नसके झैं तिमीले पनि नचिने झैं नगर्नूपहारा फोरेर तिमीलाई चट्टानबाट बाटो बनाउने पनि यिनै मजदूरहरू हुन् यतिखेर तिनीहरूले फेर्ने सासलाई भोक लागेको छ यतिखेर तिनीहरूका पाइतालामा घिस्रिरहेका चप्पलहरूलाई चोट लागेको छ प्रिय बाटो तिम्रै बाटो हुँदै हिँडेका छन् केही बटुवाहरू यसपटक तिमी बाटो जस ... Read More

मोक्ष

म ढुक्क भएको थिएँ अब त सेलाएँ भनेर म ढुक्क हुँदा मेरो मुटु पनि दौडिन छोडेर ढुक्कसँग बिसाएको थियो, जो जीवनभरी मसँगै भीरै भीरको उकालो छिचोल्दा पनि बिसाउन पाएको थिएन । कहिलेकाहीं मलाई मैले उक्लिने पहाडसँग पनि डाह लाग्थ्योकमसेकम ऊ फेदिमा बिसाउन पाएको छ । म ढुक्क भएको थिएँ ।अब त मलाई भोक, तीर्खा र रोग केही लाग्दैन भनेर अब त मलाई सपनामा पनि सपनाले लखेट्दैन भनेर यसरी जीवनको पहिलो पटक मृत्यु पाएर जीवन पाए ... Read More

सम्झना

तिमीले छुट्टिनु भन्दा पहिले म अब तिमीलाई माया गर्दिन भन्यौ तिमीले पनि अब मलाई बिर्स भन्यौ तिमी छुट्टिएर गए देखि मैले तिमीलाई तिमीले भनेजस्तै बिर्सिने अभ्यास गर्न थालेँ । तिमीलाई बिर्सिने अभ्यास गर्दै जाँदा हामी तीन वर्ष सँगै बसेको कोठा त शुरुमै बिर्सिनु पर्छ जस्तो लाग्यो कोठा छोडें !तिम्रो आँखामा अल्झिएको सम्झनालाई त झन् नअल्झाइकन बिर्सिनु पर्छ जस्तो लाग्यो शहरको भीडसँग आँखा जुधाउन थालेँ ! तिमीलाई ... Read More

प्रेमको PERFUME

तिमीलाई सम्झिनु पर्ने भन्दा बिर्सिनु पर्ने कारणहरू धेरै छन् । मात्र बिर्सिइरहनु पर्ने तिम्रो सम्झना यसरी आउला जस्तो लागेकै थिएन । तिमीले दिएका खुशीहरू भन्दा अप्ठ्याराहरू धेरै छन् । जीवनको यो मोडमा मलाई झनै अफ्ठ्यारो दिन यति सजिलै तिम्रो सम्झना यसरी आउला जस्तो लागेकै थिएन । यो पृथ्वी जस्तै गोला छन् शायद सम्झनाका बाटाहरू र त, घुमिरहन्छन् मेरै आँखा अगाडि तिम्रो सम्झना कुनै दिन आउन सक्ने सम्भावनाको ढो ... Read More

पर्ख

बिहान भएको छ भने घाम लागेको होला झ्यालबाटबार्दलीबाट पिँढीबाट आगनबाट जहाँबाट मिल्छघामलाई अनुहारमा ठोक्किन देउआँखालाई निको नलाग्ला आँखा बन्द गर सखारै घामको न्यानो नलिइकनै पो निस्कियौ कि तिमी दुःखमा कामलाग्ला भनेर अलि अलि गरी साँचेको आफ्नै खुशीको मन दुखाउन बिहानै घामको कोट नलगाइकनै पो निस्कियौ कि तिमी ? तिमी भीडको बीचमा पनि हुन सक्छौ कोलाहल मात्र भीडमा हुन्छ भन्ने भ्रम बोकेर एकान्तमै मस्तिष्क भरी बि ... Read More

माया हुँदो रहेछ ! माया हुँदो रहेनछ !

मायामा लिनु र दिनु हुँदो रहेछ मायामा लिनु र दिनु हुँदो रहेनछ ।   मायामा लिनु र दिनु हुँदो रहेछ जसरि तिमीले र मैले मायाँ लिन्थ्यौ माया दिन्थ्यौँ लाग्थ्यो माया आफ्नै आगनको मालती फूल हो ! मायामा लिनु र दिनु हुँदो रहेनछ जसरी तिमीविनै मैले तिमीलाई माया गरिरहेँ तिमीले माया दिन छोडेपछि तिमीले माया नदिन पनि सक्यौ मायालाई हिँड्ने बाटो पनि चाँहिदो रहेन ... Read More

बा बर्बराइरहन्छन् !

  साँझ पख बाको घाम कास्कीकोट तिरट अस्ताउँछखै किन उदाउँदै घरेको घामसँग भन्दा अस्ताउँदै गरेको घामसँग बाको कुरो मिल्छ बा आफैसँग बर्बराइरहन्छन् ‘कुरो त छोरोसँग नि मिल्थ्यो खै किन म अस्ताउने बेलामा छोरो उदाउँछु भनेर निस्क्यो ?’बिहानी पखबाको घाम काउँको डाँडातिरट उदाउँछ बालाई उदाउँदै गरेको घाम पटक्कै मन पर्दैन । बालाई बग्दै गरे ... Read More

पहाड बग्छु भन्छ !

मान्छेहरू पहाड मुनि जरा गाडेर नबस्नु अब बस्तीहरू पहाडको सिँयालमा ननिँदाउनु अब फाँटहरू बेँसीहरूपहाडको फेदीमा नटोलाउनु अब ! होश गर्नुजून हराएको रातमा लाटोकोसेराहरू जबशून्यताको गीत गाउन थाल्छन् दिन माथि रात पोखिए जस्तैपहाड म पनि पोखिन्छु भन्छ ! भो अब !पहाड माथि अनर्गलकठोरताको संज्ञा दिँदै नकुर्ननू कोहि जब आकाश गर्जिदैँ जान्छ जब रात ढल्दै जान्छ धेरै भयो आजकल पहाड म पनि बादलसँगै पग्लिन्छु भन्छ ! ती अना ... Read More

कविता / अकविता

(१) डाँडाको बीचबाट नागबेली भएर बगेको साँघुरो कच्ची बाटोकोबीचबीचमा खाल्टो परेको छ बाटोको किनार मानौँ आमाको च्यात्तिएको पुरानो पछ्यौरा हो छिया छिया परेको छ र पनि त्यो बाटोमा खच्चड, गधा र मान्छेहरू लय मिलाएर हिँडिरहेछन् !तपाइँलाई थाहा छ, त्यही बाटोको लय कविता हो !तपाइँले नि भोग्नु भयो होला है ! गाउँसँग दुःखै दुःखको गीत हुन्छ । तपाइँले नपत्याउनुहोला सबै दुःखहरु दुख्ने हुँदैनन् त्यही गाउँभित्रको नदुख्न ... Read More

Email from a Father

Dear son!These days I can slowly type the letter myselfEyes are getting weakerDoctor Sumsher says they can’t be operated at this ageI don’t know till when these eyes can discern green Dear son, though at this ageI am at least able to send you an email. After the skype chat with you yesterdayYour mother wept all nightYour sisters are in MahendranagarYour brother is in Dehradun ... Read More

कैद, तिम्रो ओठ !

तिमी चिया पसलबाट उठेर गएपछि गिलासको बिटमा एउटा ओठ छोडेर गएछौ मात्र एउटा ओठ तिमीलाई त यो पनि थाहा छैनतिमी चिया पसलबाट उठेर गएपछि मैले तिमीले बाँकिराखेको चिया पिउन खोज्दा तिमीले छोडेको एउटा ओठमा मेरो ओठ जोडिन नपाउँदै तिम्रो ओठ लत्पतियो मेरो ओठमा सर्यो तिम्रो ओठको अलिकति रंगचिया पसले हाँस्यो बिचराले मेरो ओठमा तिम्रो ओठको लिप्स्टिक देख्यो मात्र लिप्स्टिक ! तिमी चिया पसलबाट उठेर जाँदा खै के लिएर गयौै ? ... Read More