साँझपख (गीत)

साँझपख भेट्छु भन्यौ
रमाउँदै रमाउँदै आएँ
डुब्न लागेको घामको हात
समाउँदै समाउँदै आएँ


आएपछि पो थाहा पाएँ
तिमीले बोलाउनुको कारण
तिमीले शायद पहिलो पटक
आँखा नजुधाउनुको कारण

 

अँध्यारोमा छुट्टियौं हामी
उज्यालोले देख्नु परेन
हामी छुट्टिनुको कारण
कसैले लेख्नु परेन

 

साँझपख भेट्छु भन्यौ
रमाउँदै रमाउँदै आएँ
डुब्न लागेको घामको हात
समाउँदै समाउँदै आएँ

 

Comments

You may like this