अधिकृत छाडी अस्ट्रेलिया

माक्र्सले बुझेको पुँजीवादी व्यवस्था र वर्गीय समाजको विज्ञान नबुझ्दै मैले यो त बुझेको थिएँ कि म कहिल्यै धनी हुने छैन । मेरी छोरी सारीका जसलाई म मेरी श्रीमती ज्योतीलाई भन्दा पनि बढी प्रेम गर्छु, उनैको कसम खाएर भन्छु कि मलाई कहिल्यै धनीहरुलाई देखेर डाह लागेन र धनी हुने इप्सा जागेन । तर, मलाई मेरा आधारभूत आवश्यकताहरू पनि पुरा गर्न नसक्दा, जस्तो कि, छोरीको मोन्टेस्वरीको फि, दुईटा कोठाको भाडा, लत्ता कपड ... Read More

बिदा

  आमाको बिग्रिँदै गएको स्वास्थ्यबारे बुवासँग फोनमा एक घण्टा कुरा गरेपछि बोझिलो भएको मनलाई बिसाउन पनि पाएका थिएनन्, रमेशले। ‘आमा त्यत्तिकै आत्तिनु हुन्छ’, रोशनीले श्रीमान्को मनभित्रको बोझको तौल यही टिप्पणीको आसनमा बिसाउन खोजिन्। गलत त यो पनि होइन। रमेशकी आमा निकै आत्तिन्छिन्। छोराले सिड्नीबाट र छोरी कुसुमले न्युयोर्कबाट सान्त्वना दिइरहन्छन्। सान्त्वनाले मात्र एक्लोपनको न्यास्रो मेट ... Read More

सिड्नी टु इस्लामावाद

यात्रा मेलवर्नदेखि सिड्नीको हो। अझ छोट्याउँ भने, सिड्नी एयरपोर्टको डोमेस्टिक टर्मिनल २ देखि घर सम्मको हो। शुक्रबार साँझ भएकाले अरु बेलामा आधा घण्टा लाग्ने यात्रा यस पटक एक घण्टा लागेको हो। त्यही यात्रामा मलाई इस्लामावाद पुर्याएका हुन् फिरोज मियाले। फिरोज मियाँ, अ गुड लुकिङ मुस्लिम म्यान विथ हाल्फ ट्रिम्ड बियर्ड! एण्ड अफ कोर्स, विथ अ ब्युटिफुल स्माइल! उबरमा यात्रा गर्नुको एउटा विशेषता यो पनि हो कि ... Read More

राधिकाको घर

घरको जिम्मेवारीले पढाइ पुरा नगरिकन जुन स्कुलबाट एस एल सी पास गरेँ त्यही स्कुलमा पढाएर केही बर्ष फालेँ । ढिलै भएपनि बाको कुरा काटेर म काठमाडौँ गएर पढ्छु भन्ने साहस आयो । पढाइ त पुरा गरेँ तर उमेरको हदबन्दीले मेरो अधिकृत बन्ने अथवा सरकारी कर्मचारी हुने इच्छा पुरा भएन । बालाई गाउँको खेतबारी बेचे नर्क गइन्छ झैँ लाग्थ्यो । चल सम्पत्तीको स्रोत घरमा मेरो कमाई शुरु नहुन्जेल केही थिएन । मैले ३२ बर्षको उमेरम ... Read More

बिरालो, दशैँ र छोरो

अभी र म दुबैलाई ट्रयाक्टर चढ्न मन पर्थ्यो । ट्रयाक्टर चढ्न भनेपछि हामी हुरुक्कै हुन्थ्यौँ । अभी आफ्नो घरमा कुरा मिलाएर हाम्रो घरमा दौडेर आउँथ्यो । घरमा दुइवटा सिमेन्टको ब्लक ओसार्ने साना ट्रली ट्रयाक्टररू थिए । कान बटारे पुग्थ्यो, धुवाँको मुश्लो फाल्दै कुद्थे । देश बाहिर दशैँ आउँदा दशैँनै त आउँछ आउँदैन तर दशैँसँगै मलाई दिदी र मेरो बिरालो को याद आउँछ । आफ्नै फेक्ट्रीमा बनेका ब्लकले घेरेको, टिनले छा ... Read More