किनकि !

किनकि,
त्यसपछि बल्ल
घर फर्किंदा
मलाई कोही पर्खिरहेछ झैं लाग्न थाल्यो !
कोही
म ढोकामा उभिँदा
खुशी हुन्छ झैं लाग्न थाल्यो !

माया
सद्भाव
सहयोग
सबै लिएर पनि केही दिन नसक्नेको भीडमा
कोही बल्ल
मायाको स्पर्श सहित
लडिबुडी खेल्न खोजीरहेछ झैं लाग्न थाल्यो !

मलाई
मेरो पनि
कोही आफ्नो छ झैं लाग्न थाल्यो,

विन्टरको यो चिसो साँझमा
यतिका दिनपछि
बल्ल भेटिँदा पनि
तिमीसँग मलाई सोध्नका लागि
के, यहि मात्रै प्रश्न थियो?
कि, मैले कुकुर किन किनेँ ?

किनकि ......!

 

 

Comments

You may like this