केही नभनिकनै केही भन्न मिल्छ कि मिल्दैन

केही नभनिकनै केही भन्न मिल्छ कि मिल्दैन
तिम्रो नबनिकनै तिम्रो बन्न मिल्छ कि मिल्दैन


जून आउँछ हराउँछ, रातलाई चिन्न नपाउँदै
खस्छ बिहानी पखको शीत, पातलाई चिन्न नपाउँदै
नचिनिकनै तिमीलाई चिन्न मिल्छ कि मिल्दैन
सँगै नहिँडीकनै सँगै हिँड्न मिल्छ कि मिल्दैन

बाटोले बटुवालाई आफ्नो, बनाउन सकेन किन ?
नदीले बगरलाई सँगै, बगाउन सकेन किन ?
कतै नबगीकनै सँगै बग्न मिल्छ कि मिल्दैन
आफ्नो नबनिकनै आफ्नो बन्न मिल्छ कि मिल्दैन ?


केही नभनिकनै केही भन्न मिल्छ कि मिल्दैन
तिम्रो नबनिकनै तिम्रो बन्न मिल्छ कि मिल्दैन

–निष्प्रभ सजी

Comments

You may like this